Tuesday 27 July 2021

गजल

https://www.samakalinsahitya.com/sahitya/details/7329

डा. बच्चु कैलाश कैनी

डा. बच्चु कैलाश कैनी


आजकल कागले आफूलाई बकुल्ला ठान्छन रे

हाम्रा नेताहरु आफैले आफूलाई राजा मान्छन रे !

यहाँ चाकडी र चाप्लुसीमा अडेको छ राजनीति
पद र पैसाको लोभमा सबै दरबारमा जान्छन रे !

विकास र सम्वृद्धि भनेको आफै हुने कुरा हो भन्दै
देशको आयश्रोत सबै मिलेर बाँडीचुँडी खान्छन रे !

लाज सरम नभएपछि सबै स्वार्थको हद पार गरेर
ठूला योजना सकेसम्म आफ्नै क्षेत्रमा लान्छन रे !

एक पटक बेवकुफ बनाए पांच बर्ष मस्ती हुने
चुनावमा आश्वासन र पैसा बाँडेर भोट तान्छन रे !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube