Saturday, 11 September 2021

कविता: मेरो भावना

कविता: मेरो भावना 

- डा.  बच्चु कैलाश कैनी  


जीवनको हरेक पलमा  
कहीं न कहीं तिम्रो प्रभाव छ 
म संग सबै छ 
तर पनि तिम्रो अभाव छ। 

सबैको जीवन चल्ने हो 
मेरो पनि चलेको छ 
हामीले रोपेको वृक्ष 
अहिले फलेको छ। 

म एक्लै छु अहिले
तर पनि तिम्रो साथ छ 
मेरो महत्वाकांक्षा पुरा गर्न 
संधैं तिम्रो हात छ। 

मायामा रमाउने हो भने 
सबैको जीत हुन्छ 
एकले अर्कालाई बुझे 
सबैको हित हुन्छ।  

दिन होस वा रात चौबिसैं घण्टा 
संधै संधै तिम्रो माया छ
मलाई तिम्रो तिमीलाई मेरो  
टाढा भए पनि मायाको छायाँ  छ।  

२६ भदौ २०७८, शनिबार (११ सेप्टेम्बर २०२१)
ललितपुर, नेपाल।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...