कविता: थाहा नै छैन
मैले थाहा नै नपाई
वा मलाई थाहा नै नदिई
धर्तीमा जन्मेको मान्छे म
कसले यो रुप दियो
त्यो पनि थाहा छैन
कसले यो मेरो आवाज दियो
त्यो पनि थाहा छैन
कसले यो थर दियो
त्यो पनि थाहा छैन
म यहीं किन जन्मे
त्यो पनि थाहा छैन
म किन जन्मे
त्यो पनि थाहा छैन
मेरो भविष्य कस्तो छ
त्यो पनि थाहा छैन ।
वा मलाई थाहा नै नदिई
धर्तीमा जन्मेको मान्छे म
कसले यो रुप दियो
त्यो पनि थाहा छैन
कसले यो मेरो आवाज दियो
त्यो पनि थाहा छैन
कसले यो थर दियो
त्यो पनि थाहा छैन
म यहीं किन जन्मे
त्यो पनि थाहा छैन
म किन जन्मे
त्यो पनि थाहा छैन
मेरो भविष्य कस्तो छ
त्यो पनि थाहा छैन ।
मैले थाहा नै नपाई
हावा लिएको छु
मैले थाहा नै नपाई
हुर्के बढेको छु
वा, समय काटेको छु
मैले थाहा नै नपाई
सक्रिय जीवन बिताएको छु
मैले थाहा नै नपाई
प्रकृतिको आनन्द लिएको छु
मैले थाहा नै नपाई
धेरै कुरा गरेको छु।
मलाई मेरो जीवनको रहस्य
थाहा नै छैन
मलाई म हुनुको तात्पर्य
थाहा नै छैन
मलाई आफ्नै गन्तब्य
थाहा नै छैन
मलाई यो जीवनको धेरै रहस्य
थाहा नै छैन।
मलाई केवल थाहा छ
एकदिन जीवन त्याग्नु छ
त्यो पनि कहिले, कहाँ र कसरी
अहँ केहि पत्तै छैन
यो धर्तीमा आउँदा
पत्तै नपाई आएँ
यो धर्ती छोड्दा
पत्तै नपाई जाने छु।
पत्तै नपाई बाँच्नुको
आनन्द बेग्लै छ
बिना गन्तब्य हिंड्नुको
आनन्द बेग्लै छ
भोलिको रहस्य थाहा नहुनुको
आनन्द बेग्लै छ।
बिना जानकारी
प्रकृतिमा जन्मे र बढें
अब पनि प्रकृतिमा रमाउने हो
भोलिको नसोची
हाँस्ने र बाँच्ने हो
यो धर्तीमा कसैको भविष्य
केहि थाहा छैन
मेरो पनि भविष्य
केहि थाहा छैन
त्यसैले थाहा नै नपाई
मनमा कुनै चिन्ता नलिई
बाँच्ने हो
प्रकृतिकै काखमा
हाँस्ने र नाच्ने हो ।
३ असोज २०७८, शनिबार (१९ सेप्टेम्बर २०२१)
ललितपुर, नेपाल।
No comments:
Post a Comment