Tuesday, 21 September 2021

गजल


डा . बच्चु कैलाश कैनी  

















अरु हैन मायाको बहार दिनु मलाई 
सक्छौ भने जीवन उपहार दिनु मलाई।  

देखावटी केहि पनि चाहिएको छैन 
तिमीसंगै बिताउने घरवार दिनु मलाई। 

तिम्रो संगतमा मेरो मन प्रफुल्ल हुन्छ 
खुसी साथ् बढ्ने बिचार दिनु मलाई। 

अझै पनि पानी जस्तै तरल छु प्रिय 
यो मन स्थिर हुने आकार दिनु मलाई। 

दिनरात तिम्रै नाम जपेर बसेको छु 
दुई चार शब्दको आभार दिनु मलाई। 

- डा.  बच्चु कैलाश कैनी  
६ असोज २०७८, शनिबार (२२ सेप्टेम्बर २०२१)
ललितपुर, नेपाल। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...