Sunday 16 January 2022

मेरो मुक्त्तकहरु

डा. बच्चु कैलाश कैनी  











१.
तिमीलाई सम्झेर कविता लेख्न मन छ
फेरी फेरी पनि तिमीलाई देख्न मन छ 
अरुले मलाई के भन्छन त्यो थाहा छैन  
मेरो माया तिमीलाई नै पोख्न मन छ । 

२.
संधैसंधै तिमी भित्रै हराउँ जस्तो लाग्छ 
तिमीलाई नदेख्दा कराउँ जस्तो लाग्छ 
अरुको मलाई कुनै मतलब हुन्न प्रिय 
तिम्रो मायाले दिल भराउँ जस्तो लाग्छ। 
 
३.
टुप्लुक्क आयौं मलाई छोएर गयौ 
मन भित्रको सबै शंका धोएर गयौ 
खुसीका पलहरु साँटासाँट गर्दै 
मेरो अंगालोमा बेस्सरी रोएर गयौ।

सोमबार, ३ माघ २०७८ (१७ जनवरी २०२२)
ललितपुर, नेपाल।  

No comments:

Post a Comment

Healthcare Leaders Vs Clinical Leaders: What Do They Do?

In the realm of healthcare, there exist two main categories of leaders: healthcare leaders and clinical leaders. Healthcare leaders are typi...