Saturday, 29 January 2022

तीन मुक्त्तकहरु

 तीन मुक्त्तकहरु 
डा. बच्चु कैलाश कैनी 








१.
तिमी आयौ मनमा डेरा जमाएर बस्यौ 
हरपल मसंग हाँसीखुसी रमाएर बस्यौ 
जीवनमा संधै सुख मात्रै कहाँ हुन्छ र ?
दुखका डोरीहरू पनि समाएर बस्यौ। 

२. 
तिमी उत्कृष्ट छौ मैले नामी भन्नु पर्दैन 
हर कुरामा सबल मैले दामी भन्नु पर्दैन 
सुख दु:खमा संधै तिम्रै साथ पाएकोछु  
आफैं बुझ कुरा मैले धामी भन्नु पर्दैन। 

३. 
आफै बस्यो माया कस्ले लगायो भन्नु ?
नसामा यस्तै हुन्छ कस्ले जगायो भन्नु ?
दुईको मन र मुटु एक भई जोडिए पछि 
आफैं बगिने रहेछ कस्ले बगायो भन्नु ?

डा बच्चु कैलाश कैनी 
आइतबार, ३० जनवरी २०२२ (१६ माघ २०७८)
ललितपुर, नेपाल।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...