Friday 11 February 2022

कथा- त्यो साँझ

कथा- त्यो साँझ

 

तिमी अब घर नजाने ?” मैले अर्को पेग अर्डर गरे पछि उसले सोधी । 

मैले भनेँ “जाने होतर तिमी सँगै निस्कने ।” 

 निस्कन अलि ढिला होला जस्तो छ,” उसले मुस्कुराउँदै भनी ।  

मैले प्रतिप्रश्न गरेँ, “भन्दा छिटो जानुपर्ने बाध्यता तिम्रो छ । तिम्रो घरमा तिम्रो बुवाआमा पर्खेर बस्नुभएको  ।   एक्लो मान्छेमलाई  कसैले सोधखोज गर्छ  कसैले छिटो आऊ भनेर बोलाउँछ  कोही मेरो प्रतीक्षामा नै बस्छ ।” 

त्यस्तो रहर  हो तिमीलाई ? त्यसो भए बस्दोबस्त गर्ने कि ?” उसले सोधी । 

नाइँमलाई मेरो स्वतन्त्रता नै प्यारो छ । उमेर नै कहाँ पुगेको   ?” मैले भनेँ । 

उसले ठट्टा गरी, “उमेर नै नपुगी तिमी कसरी पेग लगाउने भयौ ? तिमी जागिरे नाबालक हो कि के हो ?”

मैले पनि ठट्टा गरेँ, “जीवनसाथीबिनाको नाबालक । तिमीबिनाको नाबालक ।” 

मेरो यो भनाइले  अलिकति गम्भीर भई । कुनै जबाफ आएन । एक टक आधी पेग बाँकी भएको गिलासतर्फ हेरिरही ।  मनले कही बोल्न खोजेजस्तो वा केही प्रतिक्रिया दिन चाहेजस्तो गरे पनि  चुपचाप बसी ।   पनि चुपचाप नै बसेँ ।

डा. बच्चु कैलाश कैनी

 

एकछिन पछि मलाई लाग्योअब मौनता तोड्नुपर्छ ।  “मैले तिम्रो चित्त दुखाएँ हो ? त्यसो भए मलाई माफ गर ।  मेरो उद्देश्य तिमीलाई दुःखी बनाउने हैन ।   केवल जिस्केको थिएँ । आज अनायास मेरो मुखबाट यो कुरा निस्क्यो । आई डिडन्ट मिन इट यार ।” 

उसले पनि मौनता तोडी, “तिमी मेरो कलेजदेखिको साथी हौ । तिमीलाई मैले चिनेको धेरै भयो । मेरो वास्तविकताचाहना  व्यवहार सबै तिमीलाई थाहा छ ।  पनि तिमीलाई राम्रैसँग चिन्छु ।  त्यसैले  अबेरसम्म तिमीसँग यो टेबल सेयर गरेर बसेको छु । तिमीलाई भरपुर विश्वास पनि गर्छु । तिमीलाई थाहै    घायल थिएँ  अहिले पनि छु । त्यसैले  आफूलाई सम्हाल्न  मन बहलाउन  कहिलेकाहीँ पेग लगाउने गर्छु ।” 

 निकै गम्भीर भएको कुरा बुझ्न मलाई कठिन भएनउसले राकेशसँगको धेरै वर्षदेखिको आफ्नो सम्बन्ध तोडिएको कुरा राखेको मैले प्रस्ट बुझेँ ।  मलाई पनि के भनूँ के भनूँ जस्तो भयो ।  मैले फेरि माफ मागेँ ।  फेरि मौन बसी । एकछिन हामी दुवै चुप बस्यौँ ।  

सम्बन्धित पोस्टहरु

कथा- यात्रा

तिमी गम्भीर भएको खुब सुहाउँछ । यही बेला एकपटक हाँसे झन् सुहाउँछ । भावुक हुँदा पनि तिमी राम्रीहाँस्दा झन् राम्री ।” मैले उसको ध्यान अन्त मोड्ने प्रयास गरेँ । 

 धेरै कुरा नगर । अब निस्कने कि तिमीलाई छोडेर घर जान्छु ।”  उसले आजको कुरा  बसाइ अन्त्य गर्ने प्रस्ताव राखी ।  मैले भनेँ, “एकछिन यो पेग रित्त्याऊँ अनि निस्कनुपर्ला । तिमी पनि थप्ने कि ?”

नाइँ यत्तिकैमा ठिक छु । अब पुग्यो मलाई ।  जे छु जस्तो छु त्यसैमा ठिक छु । जीवन चलेकै छ । जागिर  खाएकै छु । दुईचार पैसा आएकै छ । घरमा बाआमाले अगाध मायाँ गर्नुहुन्छ । तिमीजस्तो साथी पाएकै छु ।” उसको प्रत्युत्तर अलि थप व्याख्यासहित अनपेक्षित आयो ।  मैले बुझेँ  थप कुरा गर्न चाहन्छे ।  

बल्ल ठिक कुरा निस्क्यो । कति राम्रो कुरा गरेको तिमीले । त्यस्तो मान्छे किन गम्भीर भएकोत्यसमाथि तिम्रो साथी म, छेउमा नै छु  तिमीलाई साथ दिएको छु ।” मैले उसलाई अलिकति फकाएको जस्तो कुरा गरेँ ।  

धन्यवाद तिमीलाई ।  पनि खुसी छु तिम्रो साथले । तिमी छौ  जीवन चलेको  जस्तो लाग्छ आजकल ।  तिमी छौ   मैले मनको कुरा राख्ने साथी पाएको छु । तिमी छौ  मैले मन बहलाउने  दुःखसुखका कुरा गर्ने मान्छे पाएको छु । तिमी नै हो मलाई जाने  बुझ्ने जस्तो लाग्छ अनि तिम्रो स्वभावले पनि मलाई तिमीप्रति सकारात्मक बनाएको छ ।” मैले नसोचेको कुरा निस्क्यो उसको मुखबाट । 

उसले अझै थपी, “मित्रताको परीक्षण दुःखका बेला हुन्छ । साथीको महत्त्व पनि त्यस्तै बेला हुन्छ । समय राम्रो चलेको बेला सबै वरपर हुन्छन्समय बिग्रेको बेला केवल आफ्ना मान्छे मात्रै वरपर हुन्छन् । मैले कठिन समय गुजार्दा  तिमी मेरो वरपर थियौ  अहिले पनि छौ । तिमीले  आफूलाई अब्बल मित्रका रूपमा आफ्नो परिचय व्यवहारमा दिएका छौ ।

हुन पनि होआजकल  अर्थात् विनीताले चाहेका बेला  मेरो समय निस्केका बेला मैले उसलाई साथ दिएकै छु । जुन बेलादेखि विनीता  राकेशको सम्बन्धमा उतारचढाउ आयो  सम्बन्ध टुङ्गियो त्यही बेलादेखि नै मैले उसको भावनामा चोट नपुगोस्  उसको मन अझै दुःखित नहोस् भनेर बेलाबेला भेट्ने गरेको छु । मलाई पनि लाग्छमेरो साथले विनीताले पनि मनका कुरा गर्ने साथी पाएकी छे । मैले पनि कुरा गर्ने साथी भेटेको छु । 

तर आजसम्म विनीताको मुखबाट यो कुरा अर्थात् मेरो प्रशंसाको कुरा निस्केको थिएन । मैले यो कुरा सोचेको पनि थिइन । कतिपय मनका कुरा अनायासै मुखबाट निस्कन्छन् ।  कति बेला हामी भावुक भएका बेला मनका कुरा खोल्छौकति बेला आवेगका बेला । कतिपटक खुसीको बेला हाम्रो मनका कुरा निस्कन्छन् । कुनै बेला भने पेग लगाउनुपर्छ मनका कुरा खोल्न । 

मलाई थाहा थियोविनीता  राकेशको सम्बन्ध राकेशको कारणले बिग्रेको थियो । विनीता एकदम व्यावहारिक  सम्बन्धमा इमानदार तर राकेश भने आफ्नो स्वार्थका लागि विनीताको प्रयोग गर्दै थियो । अर्थात् आफ्नो काम बनाउनका लागि विनीताको उपयोग गर्दै थियो ऊ । विनीताको परिवार राजनीतिमा संलग्न भएको हुनाले त्यसैका लागि  विनीता  उसको परिवारलाई उपयोग गर्न चाहन्थ्यो । त्यसमाथि  विनीतालाई  केही हैन भन्ने भावनाले हेर्थ्यो । हेपाइ प्रवृत्ति थियो राकेशमा । 

राकेश  विनीताको सम्बन्ध बराबरीको सम्बन्ध  मित्रता थिएन । जहाँ सम्बन्धमा स्वार्थ मिलेको हुन्छ त्यो सम्बन्ध दिगो हुँदैन । जुन सम्बन्धमा  ठूलो   सानो अर्थात् मनमा विभेदको  भावना आउँछ त्यो सम्बन्ध सम्बन्ध नै हैनत्यो  केवल तुच्छ विचार हो ।  उनीहरू दुईको सम्बन्ध त्यस्तै थियो ।  त्यसैले मेरो सहानुभूति विनीतातिर थियो  मैले विनीतालाई साथ दिएको थिएँ । 

मलाई लाग्योमैले यो कुरा भन्नुपर्छ ।  अर्थात् विनीता असल केटीइमानदार साथी  मेहनती कर्मचारी पनि हो ।  एक कर्तव्यनिष्ठ छोरी पनि हो ।  पढ्नमा अब्बल मात्रै हैन  हरेक कुरामा अब्बल छे । उसको चरित्रमन  भावनामा कुनै खोट छैन ।  

मैले ठानेँ यही बेला हो मनको कुरा खोल्ने । त्यसैले यी सबै कुरा मैले विनीतालाई भनेँ । मैले उसलाई राकेशसँगको सम्बन्धमा जे कुरा भयो अर्थात् जसरी सम्बन्ध टुट्यो त्यो ठिक भयो भन्ने कुरा गरेँ । मेरा कुराले उसका आँखाहरू रसाए ।  निकै भावुक बनी ।  पनि भावुक बनेँ ।  

हामी दुवैले एक अर्काको अनुहारमा हेऱ्यौँ  अनायासै आँखा जुधायौँ ।  जुरुक्क उठेँ पनि आफ्नो कुर्चीबाट उठी । हामीले एकअर्कालाई अँगालोमा बाँध्यौँ । त्यसपछि हाम्रो जीवनमा त्यो साँझ मात्रै हैन पछि पनि धेरै कुराहरू भए ।

मेरो त्यो वाक्य  “जीवनसाथीबिनाको नाबालक । तिमीबिनाको नाबालक ।” ले हामी दुवैलाई आफ्नो मनको कुरा राख्ने परिस्थिति बनायो अनि त्यो साँझले विनीताले मलाई  मैले विनीतालाई आफ्नो जीवनसाथीका रूपमा रोज्न चाहेको कुरा व्यक्त गर्ने अवसर दिलायो ।  त्यसपछि हामी दुवै सँगै बाँच्नेहाँस्ने  जिउने निर्णय गर्ने मौका मिल्यो ।

https://sahityapost.com/top-news/47239/ 

No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube