Friday, 18 February 2022

गजल

 


डा. बच्चु कैलाश कैनी








https://sahityapost.com/kabyapost/kabya-post-ghazal/65363/
किन गर्ने ढाँटछल यो जलेर जाने शरीर
लोभ पनि गर्ने हैन यो ढलेर जाने शरीर।
आजका युवा युवती भोलि बुढा हुन्छन्
फुर्ती गर्नु पर्दैन यो गलेर जाने शरीर ।
जिन्दगी हो नियमित प्रक्रियामा चल्दछ
जान्नुपर्छ मेसिन जस्तै चलेर जाने शरीर।
दु:ख पीडा जिन्दगीका अभिन्न अंग हुन्
सबै हुरी बतास पनि छलेर जाने शरीर।
भावना हामी सबैको उस्तै उस्तै हुन्छन्
सबै रंगको संयोजन मलेर जाने शरीर।

ललितपुर, नेपाल।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...