Thursday 10 March 2022

कविता: प्रश्न उत्तर


 
डा. बच्चु कैलाश कैनी 

 













'बोलेर के हुन्छ ?'
उसले प्रश्न गर्यो
म मौन बसें 
उ झन् आक्रोशित बन्यो 
र, भन्यो 'तिमी किन चुप ?'
थप्यो, 'मेरो प्रश्नको जवाफ नदिने?'
उसैको चाहना बमोजिम 
अब थप नबोल्ने गरी  
म मौन बसेर 
उसको जवाफ दिदैं गर्दा 
उ भने मेरो उत्तर खोजि रह्यो। 

मैले जे गरें 
शायद उसले त्यो बुझेन 
उसले जे भन्यो 
शायद मैले त्यो बुझिन 
अन्तर हुन सक्छ बुझ्नु र बुझाउनुमा 
खाडल हुन सक्छ सुन्नु र सुनाउनुमा। 

समस्या यहीं छ 
आजको समाजको
हाम्रो घर परिवारको 
म जे सोच्छु वा चाहन्छु 
वा, म जे भन्छु वा सुनाउँछु 
अरु त्यहि बुझुन वा गरुन 
भन्ने चाहना समेत राख्छु । 

मलाई थाहा छ 
तिमी  'तिमी' हौ
म 'म' नै  हुँ 
त्यसैले, मेरो र तिम्रो बिचमा अन्तर छ
यही अन्तर भएकाले नै 
म भित्र तिमीलाई देख्न चाहन्छु 
तिमी भित्र मलाई देख्न चाहन्छौ
त्यसैले हाम्रो बिचको खाडल
फराकिलो हुँदैछ 
तिम्रो र मेरो अस्तित्वमा 
प्रश्न चिन्ह आउँदैछ । 

शुक्रबार, २७ फागुन २०७८ (११ मार्च २०२२)
ललितपुर, नेपाल। 

No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube