Friday, 4 March 2022

कविता: के रहेछ जिन्दगी !

कविता: के रहेछ जिन्दगी !

डा. बच्चु कैलाश कैनी

डा. बच्चुकैलाश कैनी

आमाहरूका लागि
सन्तान रहेछ जिन्दगी
जसका लागि उनीहरू
आफ्नो जिन्दगी
समर्पण गर्छन्
धैर्य र साहसको उदाहरण
प्रस्तुत गर्छन्
दिन वा रात सन्तानकै लागि
प्रार्थना गर्छन्।

जित्नेहरूका लागि
कर्म रहेछ जिन्दगी
जित्ने कर्मवीरहरू
दुःखमा नआत्ती
सुखमा नमात्ती
निरन्तर कर्म क्षेत्रमा
आफ्नो पसिना बगाउँछन्
आफ्नो गन्तब्यमा पुग्ने बाटो
आफैं बनाउँछन्।

सम्बन्धित पोस्टहरु

कथा- त्यो साँझ

कथा- यात्रा

अन्यायविरुद्ध लड्नेहरूका लागि
न्याय र समानता रहेछ जिन्दगी
उनीहरू न्यायको ज्योति बाल्न
आफ्नो इच्छा र आकांक्षा थाँती राखेर
सत्ताको अन्यायविरुद्ध बोल्छन्
लुटतन्त्रविरुद्ध एकजुट भई जुट्छन्
तानाशाहविरुद्ध कलम चलाउँछन्
उस्तै परे अन्याय र अत्याचारविरुद्ध
सडक र गल्ली तताउँछन् ।


मानव जगतको लागि
खुसी र सुख रहेछ जिन्दगी
आफ्नो र परिवारको खुसीका लागि
निरन्तर लागि पर्छन्
अध्यात्मवादको पछि लाग्छन्
मठ मन्दिर धाउँछन्
भगवानको नाम जप्छन्
आफूभित्र आफैंलाई खोज्छन्
भौतिकवादभित्र पनि सुख खोज्छन्।

यस्तै रहेछ जिन्दगी
सकारात्मक सोचे
अघि बढ्ने रहेछ जिन्दगी
गलत बाटो हिंडे
बर्वाद रहेछ जिन्दगी
जस्तो गर्यो
त्यस्तै फल प्राप्त हुने
अनमोल उपलब्धि रहेछ जिन्दगी।

ललितपुर, नेपाल

 

https://sahityapost.com/top-news/66343/

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...