कविता: मेरो आफ्नै कुरा
म छु यतै कतै
यही शहरमा
तिम्रो आफ्नै छिमेकमा
यही माटोको सुगन्धमा
मलाई आफ्नै देख्नेले
मलाई देखेका छन्
मेरो बारेमा चासो राख्नेले
मेरो कथा लेखेका छन्
मेरो मनसंग मनको कुरा सांटनेले
मसंग मनको बह पोखेका छन्
मेरो आनी बानी जान्नेले
मलाई तराजुमा जोखेका छन्
त्यसैले धेरैको आफ्नै हुँ भन्ने
मलाई आभास दिलाएका छन्।
यही शहरमा
तिम्रो आफ्नै छिमेकमा
यही माटोको सुगन्धमा
मलाई आफ्नै देख्नेले
मलाई देखेका छन्
मेरो बारेमा चासो राख्नेले
मेरो कथा लेखेका छन्
मेरो मनसंग मनको कुरा सांटनेले
मसंग मनको बह पोखेका छन्
मेरो आनी बानी जान्नेले
मलाई तराजुमा जोखेका छन्
त्यसैले धेरैको आफ्नै हुँ भन्ने
मलाई आभास दिलाएका छन्।
तिम्रै यो शहरमा
मलाई हेर्न नचाहनेले
बाटो अन्तै मोडेका छन्
मलाई 'के छ तिम्रो आजकल?'
भन्न छोडेका छन्
किन हो कुन्नि कारण त थाहा भएन
मसंग नाता र सम्बन्ध तोडेका छन्
मेरो भए नभएको कुरा काटेर
आफ्नै चरित्र र स्वरुप फोडेका छन् ।
म जे छु त्यही छु
म जहाँ छु त्यही धरातलमा छु
म जस्तो छु त्यस्तै छु
म खास 'म' नै छु
मैले चिनेको 'म'
आफ्नो लागि
सबै किसिमले सुपरिचित छु।
यस्तै हो यहाँको चलन
कसैको लागि खास आफ्नै छु
मलाई नचिन्नेको लागि
ठिकै हो म बिरानो पनि छु
मलाई यस्तो लाग्छ
चिन्नेको लागि म मित्र छु
यस्तो पनि हुन सक्छ
कसैको लागि अपवित्र छु
तर, म जे छु
ठ्याकै त्यस्तै छु
मैले चिन्ने 'म'
ठिक 'म' जस्तै छु ।
ठ्याकै त्यस्तै छु
मैले चिन्ने 'म'
ठिक 'म' जस्तै छु ।
- डा. बच्चु कैलाश कैनी
सोमबार, २२ जेष्ठ २०७९ (६ जुन २०२२)
ललितपुर, नेपाल।
ललितपुर, नेपाल।
No comments:
Post a Comment