म आजकल लेख्दिन
भ्रष्टाचारका कथाहरु
किनकि भ्रष्टाचार आजकल
लेख्ने नपर्ने गरि देखिएकोछ
लेखेर पनि, देखेर पनि
छु: मतलबमा परेको छ
यसैको बिकृति भोगेर पनि
देखासिकीको नमुना बनेको छ।
भ्रष्टाचारका कथाहरु
किनकि भ्रष्टाचार आजकल
लेख्ने नपर्ने गरि देखिएकोछ
लेखेर पनि, देखेर पनि
छु: मतलबमा परेको छ
यसैको बिकृति भोगेर पनि
देखासिकीको नमुना बनेको छ।
म आजकल लेख्दिन
नेताका बिसंगतीहरु
किनकी उनीहरु
बिसंगति कै भारी बोकेर
सगरमाथा चढी सके
आफ्नो नाम राखी सके
दाम कमाउनु कमाई सके
नेताका पछि लाग्नेहरुको
अन्धो भीड देख्दा
मलाई केहि लेख्ने मन छैन
मलाई केवल अन्धो हुने मन छ।
म आजकल लेख्दिन
देशका बेथितीहरु
बेथिती बन्द गर्ने नाउँमा
धेरै बेथिती भएका छन्
राष्ट्रियताको नाउँमा
केवल भोट बटुल्ने काम भएका छन्
देश बनाउने नाउँमा
ब्रह्मलुट भएका छन्
मुलुक रोए पनि
ठूला बडाहरु हाँसेका छन्
देश बनाउने कुरा गर्नेहरु
आज शंकाको घेरामा परेका छन्।
म आजकल लेख्दिन
मेरा गाउँका कुराहरु
भो मलाई कर नगर्नुस
म लेख्दै लेख्दिन
मेरा गाउँका कुराहरु
मेरो गाउँलाई
मैले गाउँ भएको मन परेको छैन रे !
मैले गाउँ भन्दा
हेपाहामा परेको ठानेको छ रे !
मैले गाउँको कुरा गर्दा
शहर बन्ने आशमा रहेको मेरो गाउँलाई
चित्त दुखेको छ रे !
म आजकल लेख्दिन
मेरै अनुभूतिहरु
बिद्रोह गर्ने मन छैन मलाई
बिचलित हुने समय छैन मलाई
बिस्फोटन हुनु छैन मलाई
मन मनै घोत्लिनु छैन मलाई
मानिसहरु मेरो लेख
पढेर पनि बुझ्दैनन्
बुझेर पनि बुझ्दैनन्
त्यसैले ए हजुर !
म आजकल लेख्दिन
हो पक्का लेख्दै लेख्दिन ।
हो पक्का लेख्दै लेख्दिन ।
खै म कसरी सम्झाउँ ?
मलाई 'तँ' लेख्नु पर्छ भन्नेहरुलाई
मेरो निराशा नबुझ्नेहरुलाई
मेरो पीडा नबुझ्नेहरुलाई
मेरो भावार्थ नै नबुझ्नेहरुलाई
मैले अझैसम्म बुझाउन सकेको छैन
लेखेर थाक्नु भन्दा
मैले सोचें
म अब थाकें र त्यसैले लेख्दिन
मनको कुरा खोल्दै खोल्दिन
त्यसैले ए हजुर !
म अब लेख्दै लेख्दिन।
शनिवार, ४ भाद्र २०७९ (२० अगष्ट २०२२)
ललितपुर, नेपाल।
No comments:
Post a Comment