Thursday, 25 August 2022

गजल









यहाँ मलजल नगरी मायाको बिरुवा सर्दैन भन्छन
तिमी मेरी आफ्नै हौ माया देखाउन पर्दैन भन्छन ।
मैले मन र मुटु सबै दिएँ, अब के दिउँ तिमीलाई
इमान जमान हुनेले बिस्वासघात गर्दैन भन्छन ।
यो जीवन एकबार आउँछ त्यसै खेर फाल्नु हुँदैन
एक पटक लगाएको माया कहिले मर्दैन भन्छन ।
यात्रा शुरु गरुं गन्तब्य भविष्यको कसीमा छोडुं
सच्चा छ भने मायाको फूल कहिले झर्दैन भन्छन ।
जे हुनु पर्छ त्यो भई जान्छ अहिले किन चिन्ता गर्ने
यहाँ भावीले लेखेको कुरा कहिले टर्दैन भन्छन ।

- डा. बच्चु कैलाश कैनी

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...