Sunday, 4 September 2022

गजल

गजल 

















मेरो जीवनको प्रेम गीत बनेकी छौ 
हरपल मेरो मिठो प्रित बनेकी छौ । 

सुख दु:ख संधै संधै मेरो साथ् दिएर 
तिमी मेरो आफ्नै मित बनेकी छौ । 

मेरी प्रिय बस्यौ संधै स्थायी भएर 
अब त तिमी मेरो  रीत बनेकी छौ । 

तिम्रो साथले खुसी छु म तिमीसंग 
कहिल्यै नअघाउने धीत बनेकी छौ । 

पछि हट्दिनौ कसैले केही भनेपनि 
तिमी मेरो लागि जीत बनेकी छौ । 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...