Monday, 24 October 2022

कैनीका पाँच कृति एकैसाथ लोकार्पण

 

https://ekantipur.com/literature/2022/10/22/16664336070941144.html

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतमा अस्पताल व्यवस्थापनको क्षेत्रमा लामो समय काम गरेर नेपाल फर्किएका डा. बच्चुकैलाश कैनीले शनिबार एकैसाथ पाँचवटा कृति सार्वजनिक गरेका छन् ।


प्रध्यापाक तथा साहित्यकार डा. अभि सुवेदीले उनका कृतिको लोकार्पण गरेका हुन् । आफ्नो जागिरे जीवनमा लेखिएका कथा, निबन्ध, गजल र कविता संग्रह गरी उनले पाँचवटा पुस्तक सार्वजनिक गरेका हुन् ।


अस्पताल व्यवस्थापनमा गहिरो अध्ययन रहेका कैनी बेलायतमा रहँदा राजनीतिमा समेत सक्रिय थिए । सन् २०१७ मा बेलायतमा भएको संसदीय निर्वाचनमा डार्टफोर्ड क्षेत्रबाट उनी लेबर पार्टीका तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।

नेपाली मूलका पहिलो उम्मेदवार रहेका कैनीले त्यतिबेला चुनाव भने जित्न सकेनन् । हाल उनी हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरको प्रमुख कार्यकारी अधिकृत छन् । कार्यक्रममा डा. भगवान कोइराला, पूर्वराज्यमन्त्री अमरराज कैनी, प्राध्यापक डा. खुमनारायण पौडेल, प्रभा कैनी, रमेश पौडेललगायतले उनको पुस्तक र लेखन अभिरुचीका बारेमा धारणा राखेका थिए ।

उनले आफ्नो पुस्तक बिक्रीबाट आएको आम्दानी मानव सेवा आश्रम केन्द्रलाई बुझाउने घोषणा गरेका छन् । साहित्य क्षेत्रमा विशेष रुची राख्ने कैनीले शनीबार सार्वजनिक गरिएको भिसागर्ग कथा संग्रह, रङ्गको पहिलचान र सीमान सीमा कतिवा संग्रह, प्रतिबिम्ब गजल संग्रह र अदृश्य मनका सादृश्यहरू निबन्ध संग्रहका अतिरिक्त 'मेरो रहन' कविता संग्रह यसअघि नै प्रकाशित भइसकेको छ । उनले विभिन्न पत्रपत्रिका तथा नेपाली र अन्तर्राष्ट्रिय जर्नलहरूमा एक सयभन्दा बढी लेख रचनाहरू प्रकाशित गरेका छन्।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...