Friday, 25 May 2018

देखासिकी के का लागि ?


देखासिकी के का लागि ?


देखासिकी के का लागि ?
- डा. बच्चु कैलाश कैनी

'पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।'

'माथिल्लो गाउँका ठुल्कान्छाले कुखुरा पालेर घर बनाए, अब म पनि त्यही काम गर्छु ।'

'अर्को टोलमा मुकुन्देले म:म बेचेर राम्रो पैसा बनायो, म किन म:म पसल नचलाउने?'

'उर्वशीले ब्युटी पार्लरबाट घर परिवार धानेर छोरा छोरी पढाएकी छिन्, म पनि अब ब्युटीसियनको तालिम लिने हो र पार्लर खोल्ने हो ।'

यी र यस्तै धेरै प्रतिनिधिमूलक घटना नेपाली समाजमा छन जसले अरुको देखासिकी गरेर आफ्नो काम वा व्यवसाय शुरु गरेका छन । अरुको सफलताबाट प्रेरणा लिएर काम वा व्यवसाय शुरु गर्नु राम्रो हो । तर, आफ्नो रुची र दक्षता नहेरी अरुको देखासिकी मात्रै गर्नु भने राम्रो हैन । काम वा व्यवसायमा सफल हुन नक्कल गरेर मात्रै हुँदैन, आफ्नो रूची र दक्षता लगायत धेरै कुराहरुको विचार गर्नु पर्ने हुन्छ ।

हामी धेरै कुराहरुमा अर्काको नक्कल गर्छौ नेपाली समाजमा कसैले एउटा काम गर्यो सफल भयो भने त्यसको देखासिकी तत्काल अरुले गरेको धेरै उदाहरणहरु देख्न सकिन्छ त्यसैको उदाहरण स्वरुप नेपालको ठूला शहरहरुको टोल टोलमा अहिले बित्तिय ऋण तथा सहकारी संस्थाहरु, स्वास्थ्य संस्थाहरु, फास्ट फुड रेस्टुरेन्ट, विदेश पठाउने परामर्शदाता तथा त्यस्तै अरु कम्पनीहरु आदि जताततै  देख्न सकिन्छ हामी कसैले एउटा काममा मुनाफा गरेको देख्यौ भने अरुले पनि तत्काल त्यस्तै काम शुरु गर्नु पर्छ भन्ने मान्यता राख्छौ

मानिसको स्वभाव नै हो अरुको देखासिकी गर्ने । बिशेष गरी बच्चाहरु अरुको देखासिकी गर्न माहिर हुन्छन  र यसरी तत्काल धेरै कुराहरु टिप्छन । तर नेपाली समाजमा भने केटाकेटीहरु मात्रै हैन, वयस्कहरु पनि अरुको देखासिकी गर्न सिपालु हुन्छन ।

देखासिकी गर्ने कुरा गर्दा प्रतिलिपि अधिकारको कुरा पनि आउँछ । कतिपय अवस्थामा कसैले शुरु गरेको काम आफ्नो नाममा दर्ता नगर्ने हो भने वा प्रतिलिपि अधिकार आफ्नो नाउँमा सुरक्षित नगर्ने हो भने त्यस्तो काम अरुले पनि गर्न सक्छन । नेपालमा प्रतिलिपी अधिकारको बारेमा आवश्यक जनचेतना जागृत हुन सकेको छैन । त्यस्तै, कसैले कसैको काम नक्कल गरे पनि त्यस्तो अवस्थामा सम्बन्धित निकायमा उजूर नगर्नु र गरे पनि आवस्यक कारवाही नभएको देखिन्छ ।  त्यसैले देखासिकी गर्नमा हामी नेपाली अरु भन्दा अब्बल भएको ।

नेपाली समाजमा अहिले पनि आफ्ना सन्तानहरूलाई अरुका सन्तानको देखासिकी गरेर वा ठूलो मान्छे बनाउने रहरमा उनीहरुको रुची र चाहना अनुसार अध्ययन गर्न लगाउने र काम वा पेसा गर्न प्रेरित गर्नु भन्दा पनि बाबुआमाको रहर थुपारिन्छ । कुनै पेसा वा व्यवसायमा सफल हुन सबै भन्दा आफ्नै मनदेखि काम गर्छु भन्ने भावना आउन जरुरी हुन्छ ।  त्यसपछि मेहेनत, समर्पण, लगनशीलता, धैर्यता, अनुशासनशिलता, समझदारी आदि कुराहरु आवश्यक पर्छ । कुनै पेसा वा व्यवसायमा सफल हुने वा असफल हुने भन्ने कतिपय कुराहरु आफ्नै हातमा पनि हुन्छ । अरुले केवल सल्लाह र सुझाव दिने हो, तर केही गर्ने वा नगर्ने भनेको आफैले हो ।   

नेपाली समाज अहिले पनि धेरै जसो कुराहरुमा पुरातनवादी सोचमा चलेको छ । जसले गर्दा नयाँ सोचाई राख्ने, नयाँ कामलाई प्रश्रय दिने र आफैमा अद्वितीय काम गर्ने चलन हामीमा कमै छ । त्यस्तै, अरुको देखासिकी गर्ने कुरामा मानिसको शिक्षा र चेतनाको स्तरले पनि धेरै फरक पर्छ । जहाँ सामाजिक चेतना बढी छ र जनताको आर्थिक स्तर राम्रो छ त्यहाँ धेरै विकल्पको बिचमा कुन काम वा व्यवसाय के कसरी छनौट गर्ने र संचालन गर्ने भन्नेमा राम्रो सोच बिचार हुन सक्छ । अनि हरेक मानिस आफै नयाँ काम गर्न र नयाँ शैलीमा केही गर्न उद्धत हुन सक्छ ।

अरुको देखासिकी गर्दा सकारात्मक र नकारात्मक दुवै पक्षहरु हुन्छन । अरुको देखासिकी गर्दा कुनै कुरा सजिलो हुन्छ र कुनै कुरा गाह्रो पनि हुन सक्छ । अरुले गरेको जस्तै काम गर्दा सजिलो हुने भए पनि कहिलेकाँही भने आफूले नजानेको वा नबुझेको काम देखासिकीले मात्रै गर्दा असफल हुने सम्भावना पनि हुन्छ । त्यस्तै, देखासिकीले गर्दा कहिलेकाहीं बिकृती आउन पनि सक्छ ।

अरुको देखासिकी गरेर काम गर्दा अवस्य पनि केही फाईदाहरु हुन्छन लगानीका नयाँ नयाँ क्षेत्रहरु भए पनि मानिस जोखिम लिन चाहांदैनन त्यसैले देखासिकी गरेर अरुले गरेको काम गर्दा कम जोखिम हुन्छ धेरै मेहेनत पनि गर्नु पर्दैन कुनै काम गर्नु जति सजिलो त्यो भन्दा नयाँ काम गर्नको लागि नयाँ सोच विचार जन्माउन गाह्रो हुन्छ त्यसैले पनि अरुको देखासिकी गर्दा धेरै सोच बिचार गर्नु आवस्यक पर्दैन

देखासिकीले समाजमा बिकृति नल्याएको पनि हैन । माग र आपुर्तीको सन्तुलन नहुने गरी चलेका व्यवसायहरु,  मनपरी ढंगले खोलिएका क्लिनिकहरु, कर नतिर्ने गरी संचालन भै रहेका एजेंसीहरु आदि यसका केही उदाहरणहरु हुन । केही क्षेत्रमा सरकारले अनियन्त्रित व्यवसाय कामको लागि कोटा लगाएको नियम बनाएको भएतापनि धेरै क्षेत्रमा कुनै नियन्त्रण गर्न नसकेको, नियम कानूनहरु नबनाएको बने पनि सरकारले कुनै  नियन्त्रण गर्न नसकेको देख्न भोग्न सकिन्छ अरुबाट केही सिक्नु नराम्रो हैन, तर देखासिकी गरी खोलिएका व्यवसायबाट आफू, आफ्नो परिवार समाजलाई  के कस्तो  प्रभाव पर्छ भन्ने नसोची नक्कल वा देखासिकी गर्नु राम्रो हैन

नेपालमा कानूनको परिपालन गर्ने गराउने दुवै पक्ष फितलो छन आम नागरिकमा पनि नियम कानूनको पालना गर्नु पर्छ भन्ने सोच कम सरकारी निकाय कर्मचारीको मात्रै के कुरा गर्नु? आफ्नो स्वार्थ सजिलोको लागि घुस दिन अग्रसर हुने मानिसहरु यो समाजमा भएसम्म घुस लिने दिने प्रचलनमा कमि आउने छैन   त्यस्तै, आफैले सोच विचार गरेर नयाँ विचार अनुसार नयाँ व्यवसाय काम नगरेसम्म अरुको देखासिकी गर्ने नक्कल गर्नेहरुको कमी हुने छैन आखिर अहिले हाम्रो समाज केही कुराहरुमा सक्कली भन्दा नक्कली बिचार देखावटीपनामा नै अग्रसर

तर यो आममानिसको जनचेतना, शिक्षा आर्थिक स्तर बढेसंगै स्वत घट्दै जानेछ आखिर कुनै काम, पेसा ब्यवसाय गर्ने भनेको गर्ने अरुको लागि हैन आफ्नै लागि हो



No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...