अब त मन फराकिलो पार्ने
कि ?
- डा. बच्चु कैलाश कैनी
मानिसको मन नै हो, कहिले खुसीमा हाँस्छ, कहिले
दुखमा रुन्छ । फरक त्यत्ति मात्रै
हो, कसैको मन धेरै खुसी होला, कसैको मन धेरै दुखी होला । वा, कसैको मनमा खुसी र दुखी हुने मात्रा उस्तै
उस्तै पनि होला । यो हाम्रो जीवनको नियती नै हो । हाम्रो मनमा त्यस्ता खुसी हुने, दुखी हुने, रिसाउने, हाँस्ने, रुने,
रमाउने, झर्किने, तर्किने,
आदी भावनाहरु छन् र हामी मान्छे हौ । हैन भने हामी केवल अमुक मुर्ति जस्तै
हुन्थ्यौ ।
मन दुख्ने धेरै कारण र प्रसंगहरु हुन्छन । कसैको बिछोडमा, कसैको
हारमा, कसैको तिखो बचनमा, कसैको स्वास्थ्यको खरावीमा, कसैको गरिवीमा, कसैको कुनै पीडामा आदि इत्यादी । जे होस् कुनै न कुनै बेला मन नदुख्ने यहाँ को पो छ र ? आज मेरो यो लेखमा परदेशमा बस्ने तपाई र म जस्ता लाखौ परदेशीको मन दुख्ने प्रसङ्ग उल्लेख गर्दैछु
।
अहिलेको यो आधुनिक युगमा संसार एउटा सानो 'ग्लोबल भिलेज' जस्तै भई सक्यो । कुनै काम गर्नको लागि,
सोखको कारण, पढाईको लागि, पारिवारिक सुख, सन्तोष र जिम्मेवारीको
लागि वा कुनै व्यक्तिगत कारणले एउटा मुलुकको मान्छे अर्को
मुलुकमा गई बसोबास गर्नु अहिले सामान्य जस्तै भई सक्यो । यसको प्रभाव नेपालको अर्थतन्त्रमा सकारात्मक
छ कि नकारात्मक छ त्यो छुट्टै बहसको बिषय हो ।
नेपालको अर्थतन्त्र
अहिलेको एकाइसौ शताब्दीमा
पनि परम्परागत कृषिमा
आधारित छ । पर्यटन, जलश्रोत, कृषिमा
आधारित उद्दोग आदिको
प्रचुर सम्भावाना भए पनि अहिलेको अवस्थामा
रेमिट्यान्स नै नेपालको अर्थतन्त्रको मुख्य आधारको रुपमा देखिएको छ । त्यसैले नेपालको विकासमा र अर्थतन्त्रमा
परदेशमा बस्ने नेपालीको उल्लेख्य योगदान छ ।
दुखको साथ भन्नु पर्छ बिदेशमा बस्ने गैर आवासीय नेपालीहरुलाई नेपाल सरकारले राम्रो नजरले हेरेको छैन । बिदेशमा बस्ने नेपाली मुलका
नेपालीहरुलाई दोहोरो नागरिकता
दिने बिषयमा होस् वा मध्यपूर्वमा काम गर्ने नेपालीहरुको समस्या
समाधान गर्ने बिषयमा नै किन नहोस नेपाल सरकारको भूमिका
सराहनिय छैन । त्यसैले पनि म जस्ता अधिकांश को सोचाईमा बिदेशमा बस्ने
गैरा आवासिय नेपाली
प्रति नेपाल सरकारले न्याय गर्न सकेको छैन ।
हामी सबैलाई थाहा भएको कुरा हो, देश विकासको लागि अहिले पनि नेपालको आन्तरिक श्रोत
र साधन पर्याप्त छैन । विकासको प्रचुर सम्भावना भएको नेपालको लागि धेरै क्षेत्रमा अहिले पनि उपयुक्त सीप, अनुभव, योग्यता र
दक्षता भएका मानिसहरुको अभाव छ । अर्को तिर धेरै विकसित मुलुकहरुमा
धेरै योग्य र दक्ष गैर आवासिय नेपालीहरु आफ्नो सीप, योग्यता, अनुभव र दक्षताको आधारमा उपल्लो तह वा प्राविधिक तहमा काम गर्दै छन् । त्यस्ता दक्ष गैर आवासिय नेपालहरुलाई
नेपालको हितको लागि नेपाल फर्काउने वातावरण
मिलाउनुको सट्टा उनीहरुलाई नेपालबाट टाढा भगाउने र अपराधीको नजरले हेर्ने कुरा खेदजनक छ ।
हरेक गैर आवासीय नेपालीको मनमा नेपालको माया छ । उनीहरुको कोही न कोही परिवार नेपालमा छ । अधिकांश सबैजसो गैर आवासिय नेपालहरु नेपालमा
जन्मे, हुर्के र उतै पढें । त्यसैले सबै जसोको नेपालको लागि केही गर्नु पर्छ भन्ने भावाना छ । एकदम थोरै संख्यामा त्यस्ता गैर आवासिय नेपालीहरु होलान जसले नेपाललाई कुनै प्रत्यक्ष आर्थिक
लाभ दिन नसके पनि हानी भने गरेका छैनन । यो वर्गका गैर आवासिय नेपालीहरुले पनि नेपाललाई माया गर्छन र नेपालको अहित कहिल्यै सोच्दैनन् ।
त्यस्तै गरी अहिले पनि नेपाल सरकारको स्विकृतीमा हरेक बर्ष हजारौको संख्यामा
नेपाली बिद्धार्थीहरु बिकसित मुलुकमा अध्ययनको
लागि जान्छन । यसका लागि नेपालबाट अहिले पनि अरबौं रुपैयाँ विदेशिने गरेको
छ । थप दुखको कुरा त् के भने अधिकांश त्यस्ता बिधार्थीहरु नेपाल
फर्कने गरेका छैनन् । यसको नकारात्मक असर नेपाललाई दिर्घकालिन
रुपमा पर्नेछ । त्यसैले यो युवा पिंढीलाई नेपाल कसरी फर्काउन सकिन्छ भन्ने
सोच्न, नीति नियम बनाउन र साँच्चै नेपाल फर्काउन अब ढिला भई सक्यो ।
नारा, भाषण र आदर्शले मात्र देश बन्दैन । देश बनाउनको लागि सकारात्मक सोच्दै सही नीति नियम बनाएर ठोस काम गर्नु जरुरी छ । देशको दिर्घकालिन हितको
लागि सबैको मन फराकिलो बनाउनु जरुरी
छ । कसैको मन दुखाएर वा कसैलाई टाढा बनाएर नेपालको समग्र विकास गर्न सम्भव छैन । अहिलेको विश्व्ब्यपीकरणको
दुनियाँमा सानो दिल, संकुचित ब्यबहार र राष्ट्रप्रेमको
नाराले नेपालको आर्थिक
सम्वृद्धि हासिल गर्न सम्भव छैन ।
बिदेशमा बस्ने
नेपाली मुलका मानिसहरुको सर्वाधिक चासोको बिषय दोहोरो नागरिकता हो । नेपालको संविधानले राजनीतिक अधिकार बाहेक
अरु सांस्कृतिक, सामजिक
र आर्थिक अधिकार पाउने गरी दोहोरो नागरिकताको व्यवस्था गरे पनि नेपाल सरकारका जिम्मेवार व्यक्तिले नै गैर आवासिय नेपालीहरुको
मन दुख्ने गरी बेला बेलामा दिने अभिव्यक्ति गैर जिम्मेवारीको
पराकाष्ठा हो । यस्तो ब्यबहार र अभिव्यक्तिले नेपाललाई कुनै फाईदा हुँदैन । बरु गैर आवासिय नेपालीहरुको
मन दुख्ने गरेको छ । उनीहरुलाई भड्काउने काम गरेको छ ।
त्यसैले अब कसैको मन दुखाएर हैन सबको मन फराकिलो पारेर देशलाई विकासको गोरेटोमा डोर्याउनु
पर्छ । सबैलाई यो आर्थिक सम्वृद्धिको महाअभियानमा जोड्नु पर्छ । हाम्रो यही पुस्ताले नै देश विकास र आर्थिक सम्वृद्धिको लागि नेतृत्व लिनु पर्छ । अनि,
हाम्रो पुस्ता र हाम्रो सन्ततिलाई गौरवको गाथा र कथा भन्नु पर्छ । त्यसैले यो महाअभियानको लागि हामी सबैले अब त मन फाराकिलो पार्ने की?
No comments:
Post a Comment