Wednesday, 26 August 2020

गजल


गजल
-
डा. बच्चु कैलाश कैनी

तिमीले घोषणा पत्रमा लेखेको चमत्कार खै ?

दु:खको बेला सबै जनता भन्छन सरकार खै ?

 

जीवन पाठशाला हो गल्तिबाट नै सिकिन्छ

सबै बिषय मलाई आउँदैन भन्ने सकार खै ?

 

आलोचना गर्नेहरुलाई शत्रु ठाने भई हाल्यो

तर सोझा साझा जनताले गरेको पुकार खै?

 

मुखले मात्रै सुशासन रटेर केही हुँदैन हजुर

भ्रष्ट, दलाली चाकडीवाजलाई नकार खै ?

 

पिल्सिने पिडित हुने सर्वसाधारण नै रहेछन 

जनाताले सोधेका छन हजुरको दरकार खै ?

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...