Sunday, 27 September 2020

कविता: तिम्रै प्रसंशा गर्छु


कविता: तिम्रै प्रसंशा गर्छु डा बच्चु कैलाश कैनी
तिमी घाम बन्दा म रापको अनुभव गर्छु र, तिम्रै प्रसंशा गर्छु तिमी बादल बन्दा म शीतल अनुभव गर्छु र, तिम्रै प्रसंशा गर्छु तिमी जुन बन्दा म एकटकले तिमीलाई हेर्छु र, तिम्रै प्रशंसा गर्छु ।
म हरेक पटक तिर्खाउँदा तिमी पानी बनेर आएकी छौ म दिन वा रात भोकाउँदा तिमी खाना बनेर आएकी छौ तिमी मेरो हरेक चाहनामा मेरो साथ दिन आएकी छौ।
तिमी नै मेरो मन र मुटुमा भए पछि तिमी नै मेरो अक्षर र शब्द भए पछि तिमी नै मेरो जीवनको हरेक मोडमा भए पछि मैले यता उता दायाँ बायाँ हरेक कुनामा तिमीलाई नै देख्छु दिन वा रात तिम्रै साथमा रमाउँछु।
तिमी जे बन जस्तो बन घाम बन वा जुन बन बादल बन वा पानी बन तिमी केवल मेरो बन यो जुनीमा मात्रै हैन सयौ जुनी केवल मेरो बन।
१० असोज २०७७, शनिबार (२६ सेप्टेम्बर २०२० ) लन्डन, बेलायत।





1 comment:

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...