Friday 14 January 2022

कविता: यस्तै रहेछ !


डा. बच्चु कैलाश कैनी 















यहाँ यस्तै रहेछ 
जे छैन त्यो चाह छ 
जे छ त्यो खै कहाँ छ?
मनले चिताएको 
पुगेर पनि पुगेको छैन !
महत्वकांक्षाको भाँडो 
अझै भरिएको छैन। 

यस्तै रहेछ !
थाहा छैन कसैलाई  
तिव्र प्रतिस्पर्धा 
कहाँ पुगेर टुंगिने हो ?
अनिश्चित यो जीवनको यात्रा 
कसरी अन्त्य हुने हो ?
आज जे छ 
भोलि के हुने हो ?

यस्तै रहेछ !
यहाँ अनन्त ठान्छन  
मानिस आफैंलाई 
कठिन बनाउँछन् 
मानिस आफ्नै यात्रालाई 
निकै घुमाउँछन्  
कहिल्यै नथाक्ने 
आफ्नै मन र मस्तिष्कलाई 
बोझ बनाउँछन्  
आफ्नै जिन्दगीलाई। 
 
यस्तै रहेछ मानिस 
जानेर पनि नजान्ने 
आफ्नो बोझ सकी नसकी तान्ने 
जीवनको सुर र ताल  
आफ्नै लयमा गाउने 
जीवनको अन्त्य पछि मात्रै 
सबै बोझ बिसाउने।  


डा. बच्चु कैलाश कैनी 
१ माघ २०७८, शनिबार (१५ जनवरी, २०२२)
ललितपुर, नेपाल।  

No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube