Tuesday, 22 February 2022

तीन मुत्तकहरु

डा बच्चु कैलाश कैनी 














१ .
दुई दिने जिन्दगी मरी जाने चोला रहेछ 
खुसी र हाँसो पनि  खहरे  खोला रहेछ 
मन सधै भरि भराउ हुने आशा गरे पनि 
कहिल्यै पनि नभरिने रित्तो झोला रहेछ। 

२ .
खुसी किन्न  नपाईने, धन पनि कस्तो 
कहिलेकहीं बोझ हुने, तन पनि कस्तो 
सबैले सकारात्मक सोच्नु पर्छ भने पनि 
बेलाबेला धोका दिने, मन पनि कस्तो। 

३. 
तितो त्यो बिगत बिर्सना पाए कसो होला 
ती निष्टुरीलाई सम्झना नगरे जसो होला 
जिन्दगी सिकाई र भोगाईको यात्रा रहेछ 
फेरी उस्तै गल्ति भए घाँटीको पासो होला। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...